१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

काठमाडौँ उपत्यकामा थपिए १६३८ संक्रमित, बितेको २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

१६ असाेज, काठमाडाैँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा मात्र १२८० जना, ललितपुरमा १६२ जना, र भक्तपुरमा १९६ जना गरी कुल १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बितेको २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ ।

प्रकाशित मिति : October 2, 2020 at 4:37 pm