पछिल्लो २४ घण्टामा २७२२ जना कोरोना संक्रमित थपिए
१६ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना २७२२ कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ४७४ र होम आइसोलशेन ११ हजार ७६० जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३०७ कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।
प्रकाशित मिति : October 2, 2020 at 4:27 pm



