२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

सबैभन्दा जेठी नागरिक नुवाकोटकी बाटुलीको घरमा स्वास्थ्यराज्यमन्त्री र सांसद (फोटोफिचर)

१५ असोज, नुवाकोट । नेपालकै सबैभन्दा जेठो नागरिक नुवाकोटकी बाटुली  लामिछानेको घरमा स्वास्थ्यराज्यमन्त्री नवराज रावत र बागमती प्रदेसका सांसद बद्री मैनाली लगायत जनप्रतिनिधिको टोली पुगेको छ । ३०औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा बाला फाण्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन राज्यमन्त्री र सांसद नेपालकै जेठो नागरिक लामिछानेको घरमा पुगेका हुन ।

फाउण्डेसनले लामिछानेको घरको आँगनमा गरेको कार्यक्रममा बोल्दै स्वास्थ्यराज्यमन्त्री रावतलले राज्यलेसम्पूर्ण जेष्ठ नागरिकको सम्मान गर्ने बताए । नेपालकै सबैभन्दा बढी उमेरको नागरिकको दैलोमै आइएर सम्मान गर्न पाउँदा ज्यादै खुशी लागेको भन्दै उनले सामाजिक सुरक्षाको माध्यमबाट सम्पूर्ण जेष्ठ नागरिकको सम्मानमा राज्यले कुनै कसर बाँकी नराख्नने बताए ।

त्यस्तै सोही क्षेत्र अर्थात बागमती प्रदेशसभाका सांसद बद्री मैनालीले जेष्ठ नागरिकको समाजको एउटा विश्वविद्यालय भएको भन्दै उहाँहरूबाट पछिल्लो पुस्ताले धेरै कुरा सिक्ने सक्ने बताए । उनले आफूले मासिक रूपमा जेष्ठ नागरिक लामिछोनलाइ ५ हजार रूपैयाँ दिनेगरेको बताए ।  उनले उक्त पाँच हजार आफनो तलबबाट कटाएर दिएको बताए ।

ककनी गाउँपालिका  वडा नम्बर ८ मा रहेको लामिछानेको घरमा भएको कार्यक्रममा ११८ बर्षिय बाटुली लामिछाने, गाउँपालिकाका अध्यक्ष मान वहादुर लामा, उपाध्यक्ष सीता खतिवडा, बडा नं।८ का  अध्यक्ष शेषमान लामा, नेकपाका नेता काशीराज अधिकारी लगायत सहभागी रहेको फाउण्डेसनका अध्यक्ष भवानी दाहालको जानकारी दिइन ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार २२:४५