नेपाल निजामती कर्मचारी संगठन नुवाकोटको अध्यक्षमा पुष्कर शर्मा
१५ असोज, काठमाडाैँ । नेपाल निजामती कर्मचारी संगठन नुवाकोटको अध्यक्षमा पुष्कर शर्मा चयन भएका छन । शर्माको अध्यक्षमाता चयन भएको नयाँ कार्यसमितिले बिहीबार केन्द्रीय अध्यक्ष केदार देवकोटाको उपस्थितिमा सपथग्रहण पनि गरेको छ ।

रिमाल विदुर नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत हुन । निजामती कर्मचारी संगठनसँग सम्बन्धित कर्मचारीहरुको विहिवार भेला भएको थियो । बिहीबार सपथ ग्रहण गरेको नयाँ कार्य समितिको उपाध्यक्षमा सरला श्रेष्ठ, सचिवमा प्रेमबहादुर लामा, सहसचिवमा माधवप्रसाद पाण्डे र कोषाध्यक्षमा पार्वता बोहोरा रहेका छन् ।
यस्तै सदस्यहरुमा नवराज कार्की, खडानन्द घिमिरे, पुष्पवहादुर वस्नेत, रामवहादुर खड्का, चन्द्र प्रकाश शर्मा, किरण डंगोल, रामहरी खनाल, भैरव घिमिरे, नारायण जी राई, सुन्दर भण्डारी, दिवाकर न्यौपाने, लिलवहादुर श्रेष्ठ र केशरमणी पन्थी रहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटका अबैध क्रसरवादी नेताहरूले शर्मालाइ अध्यक्षबाट रोक्न अनेक प्रयास गरेपनि कर्मचारीहरूले रिमाललाइ अध्यक्षमा चयन गरेका हुन । अबैध व्यवसायमा रिमालले साथ नदिने भन्दै उनीहरूले विदुर नगरपालिका भित्रै पनि अफ्ठेरोमा परेका छन ।
सपथ ग्रहण पश्चात केन्द्रीय अध्यक्ष देवकोटाले कार्य समितिका सदस्यलाई बधाई तथा शुभकामना दिँदै सरकारलाई सफल बनाउनुमा कर्मचारीको महत्वपूर्ण हात हुने भएकोले कर्मचारीलाई उत्प्रेरित गर्नु आवस्यक रहेको बताए । कर्मचारी समायोजनको क्रममा अन्याय भएता पनि आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको निर्णय मान्नै पर्ने अवस्था सिर्जना भएको समेत देवकोटाले बताए ।

प्रकाशित मिति : October 1, 2020 at 7:36 pm



