१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

कोरोनाबाट सप्तरीमा थप एक पुरुषको मृत्यु

१५ असोज, सप्तरी । विष्णुपुर गाउँपालिका ५ का ६७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । अस्पतालको आइसियूमा कक्षमा उपचाररत ती पुरुषको आज मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिनुभयो ।

फाइल फाेटाे

उहाँका अनुसार ती पुरुषमा मधुमेह, उच्च रक्तचाप तथा मिर्गाैला रोगको समस्या रहेको थियो । कोरानाबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या १६ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : October 1, 2020 at 6:59 pm