१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण पुष्टि

१५ असोज, सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएकाे परीक्षणमा बिहीबार उनमा काेराेना संक्रमण पुष्टि भएको प्रदेश प्रमुखका स्वकीय सचिव चुडामणि कलौनीले जानकारी दिए ।

प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा संक्रमण पुष्टि भएपछि प्रमुख कलौनी ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका थिए। प्रदेश प्रमुखको सचिवालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। सार्थ उनी चिकित्सकको निगरानिमा होम आइसोलेसनमा बसेका छन्।

बुधबार बिहान प्रदेश प्रमुख कलौनीसहित कार्यालयका सम्पूर्ण कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : October 1, 2020 at 5:13 pm