काेराेना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो
१५ असाेज, काठमाडौँ । पछिल्लाे २५ घण्टामा नेपालमा काेराेना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा १ महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुने सुनसरीका ३ पुरुष, काठमाडौँका २ पुरुष, भक्तपुरका १ पुरुष, ललितपुरका १ पुरुष, बाँकेकी १ महिला र रुपन्देहीका ३ पुरुष छन् । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेकाे छ ।
प्रकाशित मिति : October 1, 2020 at 4:52 pm



