पछिल्लो २४ घण्टामा १९११ जना कोरोना संक्रमित थपिए
१५ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना १९११ कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलशेन ११ हजार ७९ जना रहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९६१ कोरोना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति : October 1, 2020 at 4:27 pm



