कोरोना संक्रमणबाट नेपालमा पहिलोपटक चिकित्सकको मृत्यु
१५ असोज, काठमाडाैँ । कोरोना संक्रमणबाट नेपालमा पहिलोपटक चिकित्सकको मृत्यु भएको छ । कर्णाली प्रदेशमा कार्यरत एक चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु भएको त्यहाँको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलका अनुसार प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत् प्रमुख कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोभिड–१९ का कारण मृत्यु भएको हो। चिफ कन्सल्टन्ट अर्थोपेडिक सर्जन रहेका सापकोटा १५ वर्षदेखि सुर्खेतमा रहेका सेवा दिइरहेका थिए । रावलले चिकित्सको मृत्युमा दुःख प्रकट गर्नुभएको छ ।
सपकोटाको नेपालगञ्जको भेरी अस्पतालमा उचार भैरहेको थियो । अवस्था जटिल बन्दै गएपछि बिहीबार काठमाडाैँ ल्याउने तयारी गरिएको थियो । तर तयारीकै बीचमा सापकोटाको मृत्यु भएको छ ।
प्रकाशित मिति : October 1, 2020 at 4:34 pm



