काठमाडौँ उपत्यकामा थपिए ९०२ संक्रमित, पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु
१४ असाेज, काठमाडाैँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्र ६९७ जना, भक्तपुरमा ९३ जना र ललितपुरमा ११२ जनामा काेराेना संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ ।
प्रकाशित मिति : September 30, 2020 at 4:38 pm



