१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

चितुवाको आक्रमणबाट रौतहटमा १ जनाको मृत्यु, २ घाइते

१४ असोज, रौतहट । चन्द्रपुर नगरपालिकामा चितुवाको आक्रमणबाट १ जनाको मृत्यु भएको छ। भने २ जना घाइते भएका छन्। बाघको आक्रमणबाट चन्द्रपुर नगरपालिका-६ का २७ वर्षीय चिम्नी टोलका संगम भण्डारीको मृत्यु भएको हो। मंगलबार बिहान घाँस काट्न गएका भण्डारीको शव बुधबार बिहान रंगपुर साझेदारी वनमा भेटिएको हो

कम्मरमुनिको भाग चितुवाले खाएको अबस्थामा भण्डारीकाे शव साझेदारी वनमा भेटिएको हाे । भण्डारी घर नफर्किएपछि १०/११ जना युवाहरु राति जंगलमा गएका थिए। खोजी गर्न गएकामध्ये चन्द्रपुर–६ का २८ वर्षीय अशोक थापा र ३५ वर्षीय प्रबिण श्रेष्ठलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको छ। बाघको आक्रमणबाट उनीहरुको पाखुरा, छाती, हातमा गहिरो चोट लागेको छ। घाइतेहरुलाई राति चन्द्रपुर अस्पताल उपचाररत छन्।

प्रकाशित मिति : September 30, 2020 at 1:35 pm