बढ्याे सुनको मुल्य, कतिमा हुँदैछ कारोबार?
१३ असोज, काठमाडाैँ । आज सुन तथा चाँदीको मुल्यमा वृद्धि भएको छ। आज सुन तोलामा ९०० रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य पनि उकालो लागेको छ। चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार १७५ रुपैयाँ तोकिएको छ। अन्तरराष्ट्रिय बजारमा पनि मंगलबार सुनचाँदीको भाउमा वृद्धि भएको छ । उक्त बजारमा सुन प्रति अउन्स १ हजार ८७९ डलरमा कारोबार भइरहेको छ । सो बजारमा चाँदी प्रति अउन्स २३ डलर भन्दा बढिमा खरिदबिक्री भइरहेको छ ।
प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १२:०२










