पछिल्लो २४ घण्टामा १३५१ जना कोरोना संक्रमित थपिए, ७४२ जना कोरोना जितेर घर फर्किए
१२ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप १३५१ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले साेमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६९५ र होम आइसोलशेन १० हजार ९२९ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।
प्रकाशित मिति : September 28, 2020 at 4:31 pm



