१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

राष्ट्र बैंकले ३ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

१२ असाेज, काठमाडौँ  । यही असोज १२ गते नेपाल राष्ट्र बैंकल ३ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बिक्री खुल्ला गर्ने भएको छ । सो दिन अपरान्ह ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।


बैंकले एक सूचना जारी गर्दै उक्त ट्रेजरी बिल आज ३ बजे बोलकबाेल भएर भाेलि  बिक्री हुने जानकारी दिएको छ । बैंकले ९१ दिनकाे अवधिका लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । सो अवधिको बिल आगामी २०७७ साल पुस १४ गते परिपक्व हुनेछ
यस्तै, बैंकले १८२ दिनको अवधिका लागि ३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । उक्त ट्रेजरी बिल २०७७ साल चैत्र १७ गते परिपक्क हुनेछ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार १४:५९