१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने नेविसंघका ६ कार्यकर्ता पक्राउ

१२ असोज, काठमाडौँ ।चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार बिहान चिनियाँ दूतावासअगाडि प्रदर्शन गरिरहेकामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। चिनियाँ हस्तक्षेप बन्द गर, सीमा मिच्न पाइँदैन भन्दै चिनिया दूतावासमा नेविसंघका कार्यकर्ताले प्रदर्शन गरेका छन्।

पक्राउ पर्नेहरुमा प्रनिल तामाङ, सुबोध ओली, अर्बत खड्का, दीपेन्द्र खड्का रहेको नेविसंघ नेता तथा चिनौँ सिमाना, जोगाऔँ माटोका अभियान्ता मनिष सिम्खडाले जानकारी दिए। पक्राउ परेकाहरूलाई विनाशर्त रिहाइ गर्न नेविसंघले माग गरेको छ।

सिखडाका अनुसार ‘चिनौं सीमाना जोगाऔं माटो’ अभियान अन्तर्गत दूतावास अगाडि प्रदर्शन गरिएको हो। उनीहरूले हुम्लाको सीमा क्षेत्र पुगेर सरकारी टोलीले हालै गरेको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका छन्।

प्रकाशित मिति : September 28, 2020 at 12:13 pm