व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि
१२ असोज, काठमाडौँ ।नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार गरिएको परीक्षणमा उनको काेराेना रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको र सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको उनले जनाएका छन्। ढकालले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन्। व्यवसायी ढकाल आइएमइ बैंकका संस्थापक र चन्द्रागिरी हिल्सको लगानीकर्ता हुन् ।

प्रकाशित मिति : September 28, 2020 at 9:27 am



