चितवनको माडीमा एकै दिन सशस्त्र प्रहरीको दुईवटा बोर्डर आउट पोस्ट स्थापना
१२ असोज, चितवन । चितवनमा एकैदिन सशस्त्र प्रहरि बलको २ वटा बोर्डर आउट पोस्ट (बिओपि )स्थापना गरिएको छ । चितवनको माडि नगरपालिका वार्ड नम्बर १ गर्दिस्थित केदारेश्वर प्राबि र सोहि नगरपालिका वार्ड नम्बर ९ स्थित राइडांडा प्रथमिक बिध्यालयमा ति बिओपि स्थापना गरिएका हुन् ।

मर्ज भएपछि खालि रहेका बिद्यालयमा ती बिओपि स्थापना गरिएका हुन् । असोज ११ गते सशस्त्र प्रहरि बल बाग्मति प्रदेश मुख्यालय नम्बर ३ गढिमाइ बाहिनिका बाहिनिपति सशस्त्र प्रहरि नायब महानिरिक्षक मन्दिप श्रेष्ठले बिओपि उद्घाटन गरेका हुन् । दुबै बिओपिमा सशस्त्र प्रहरि निरीक्षकको कमाण्डमा टोली तैनाथ गरिएको हो । बिओपि स्थापना संगै चितवनको सिमावर्ति क्षेत्रमा सुरक्षाको महसुस गरेको स्थानियले बताएका छ्न् ।

प्रकाशित मिति : September 28, 2020 at 7:45 am



