१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

काठमाडौँ उपत्यकामा थपिए ८०९ काेराेना संक्रमित, कहाँ कति थपिए ? (विवरणसहित)

११ असोज, काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ८०९ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्र ६३३ जना, ललितपुरका १०४ जना र भक्तपुरका ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँका ३ जना र ललितपुरका २ जनाको काेराेना संक्रमणका कारण मृत्यु भएको छ । काेराेना संक्रमणका कारण मृत्यु हुनेका काठमाडौँका ६१ र ६२ वर्षका पुरुष तथा ५० वर्षीया महिला छन् भने ललितपुरका ४२ रु ७७ वर्षका पुरुष रहेका छन् ।

प्रकाशित मिति : September 27, 2020 at 4:53 pm