१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पछिल्लो २४ घण्टामा १५७३ जना कोरोना संक्रमित थपिए, ८८५ जना कोरोना जितेर घर फर्किए

११ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप १५७३ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ३२१ र होम आइसोलशेन १० हजार ६९८ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ ।

प्रकाशित मिति : September 27, 2020 at 4:30 pm