ज्यानमारा मुद्दाबाट जोगिन कांग्रेस नेता खड्काले नक्कली ड्राइभर बनाइ हिरासतमा राखेको खुलासा
११ असोज, काठमाडाैँ । ज्यानमारा मुद्दाबाट बँच्नका लागि नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री दीपक खड्काले नक्कली ड्राभइर राखेर उसलाइ प्रहरी हिरासतमा राखेको खुलासा भएको छ । महानगरीय प्रहरी वृत महाराजगञ्ज स्रोतका अनुसार कांग्रेस नेता खड्कले आफैँले चलाएको गाडीले त्रिवि शिक्षण अस्पताल अघिको सडकमा एक महिला किच्दा मृत्यु भएपछि खड्काले नक्कली ड्राइभर बनाएर प्रहरी हिरासतमा सुटुक्क लगेर राखेको खुलासा भएको हो ।
महाराजगञ्ज प्रहरी वृतको हिरासतमा रहेका नक्कली ड्राइभर दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ को जयराज जोशी रहेको प्रहरीले जनाएको छ । प्रहरीले वास्तविकता खुलेपछि आइतबार मात्र पीडित पक्षबाट खड्काविरूद्धमा किटानी जाहेरी लिएको जनाएको छ । आइतबार मृतक महिला अनुपा पाण्डे कार्कीकी श्रीमान विक्रम कार्कीले किटानी जाहेरी दिएका छन ।

यही असोज ७ गते पूर्व राज्यमन्त्री समेत रहेका खड्काले चलाएको गाडीले किच्दा जेब्राक्रसिङमा बाटो काटिरहेकी एक महिलाको मृत्यु भएको थियो । घटना असोज ७ गते भए पनि यो विषय भने आइतबार मात्र सार्वजनिक भएको छ । असोज ७ गते खड्काले चलाएको गाडीले किच्दा मिहलाको मृत्यु भए पनि उनीसँगै गाडीले ठक्कर दिएका उनको श्रीमान भने घाइते अवस्थामा रहेका छन ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ३ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मुल सडक खण्डको जेब्रा क्रसिङमा २०७७ साल असोज ७ गते दिँउसो १२ः५० बजेको समयमा खड्काले चलाएको बा ११ च ४१४१ नम्बरको प्राडो गाडीले बुढानिलकण्ठ वडा नम्बर ६ को विक्रम कार्की र अनुपा पाण्डे कार्कीलाइ ठक्कर दिएर कुल्चिएको वडा नम्बर ६ का अध्यक्ष नविन खड्काले जानकारी दिए ।
खड्काको गाडीले किचिएकी अनुपाको सोही दिन दिउँसो २ बजेर ५५ मिनेट जाँदा मृत्यु भएको कार्कीका अफन्त समेत रहेका अनेरास्ववियूका नेता किरण देउजाले जानकारी दिए । खड्काले जेब्राक्रसिङमा मान्छे किचेर भागेका थिए । प्रत्यक्षदर्शीले किचिएका मानिसको उद्धार गरी त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगेका थिए तर अनुपा बाच्न सकिन्न् । मृतक अनुपाको शव त्रिवि शिक्षण अस्पतालमै रहेको छ ।
यो पनि पढ्नुहोस्
-कांग्रेस नेता दीपक खड्काले हाँकेको गाडीले किच्दा जेब्राक्रसिङमा हिडिरहेकी महिलाको मृत्यु
प्रकाशित मिति : September 27, 2020 at 3:17 pm



