१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

प्रतिनिधि सभाका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

११ असोज, काठमाडौँ । प्रतिनिधिसभाका सांसद एवं लिटिल एन्जल्स स्कुलका सञ्चालक उमेश श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परीक्षणमा श्रेष्ठको काेराेना रिपोर्ट पोजेटिभ आएको हो । श्रेष्ठले आज बिहान सामाजिक सञ्जाल फेसबुकबाट आफूलाई कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिएका छन् ।

उनले पछिल्लो समय आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सजगता अपनाउन समेत अनुरोध गरेका छन् । हाल स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमै बसेकाे जानकारी उनले दिएका छन्।

प्रकाशित मिति : September 27, 2020 at 1:06 pm