१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

आरम्भ चौतारी लघुवित्तको सेयर कारोबार नेप्सेमा रोक्का

११ असोज, काठमाडाैँ । नेप्सेले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार रोक्का गरेको छ। यस कम्पनीले असोज ९ गते शालिग्राम लघुवित्त वित्तीय संस्था र सिवाइसी नेपाल लघुवित्तसँग मर्जर सम्बन्धि सहमति पत्रमा हस्ताक्षर गरेकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार रोक्का गरेको हो ।

मर्जर सम्झौता गरेका शालिग्राम र सिवाईसी नेपाल लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी होइनन्। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको १०० कित्ता शेयर बराबर सिवाईसी नेपाल लघुवित्तको १०० कित्ता र शालिग्राम लघुवित्तको ८५ कित्ता शेयर स्वाप अनुपातमा यी ३ लघुवित्त एक आपसमा मर्ज हुन लागेका हुन् । आरम्भ चौतारी र सीवाईसी राष्ट्रिय स्तरका लघुवित्त कम्पनी हो भने शालिग्राम लघुवित्त प्रादेशिक स्तरको कम्पनी हो। आरम्भ चौतारी लघुवित्तको चुक्ता पुँजी २६ करोड ३४ लाख ४८ हजार छ भने सिआइसी लघुवित्तको पुँजी ७ करोड छ। साथै, शालिग्राम लघुवित्तको चुक्ता पुँजी १ करोड ६८ लाख १७ हजार रुपैयाँ छ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार १२:०८