१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि

९ असाेज, काठमाडौँ। ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि बिहीबार मेयर महर्जनको पीसीआर परीक्षण गर्दा आज आएको कोरोना परीक्षण रिपोर्टमा उनलाई कोरोना पोजिटिभ देखिएको हो ।

काेराेना संक्रमण पुष्टि भएसँगै महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेको जानकारी पनि दिए ।

प्रकाशित मिति : September 25, 2020 at 5:59 pm