११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

पछिल्लो २४ घण्टामा १३१३ जना कोरोना संक्रमित थपिए, १४५५ जना कोरोना जितेर घर फर्किए

९ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा १३१३ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारकाे नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार २३७ र होम आइसोलशेन १० हजार ५२ जना रहेका छन् । कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।

प्रकाशित मिति : September 25, 2020 at 4:27 pm