भरतपुर अस्पतालको आकस्मिक कक्ष र अन्य वार्डभित्रै पस्यो भल
९ असाेज, काठमाडाैँ । भरतपुर अस्पतालको आकस्मिक कक्ष र अन्य वार्डभित्रै पानीको भल पसेपछि बिरामी र तिनका आफन्त मर्कामा परेका छन् । चितवनको भरतपुर अस्पतालमा भल पसेर जलमग्न भएको हो । चिकित्सक तथा नर्सहरु बुट लगाएर उपचारमा खटिरहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालकाआकस्मिक कक्ष, अब्जरभेसन, स्टोर लगायतका कोठामा पानी पसेको छ ।

ढल निकासको उचित प्रबन्ध नहुँदा अस्पतालभित्रै पानी पसेको स्थानीयवासी गुनासाे छ। पानीको उचित निकास नहुँदा अस्पताल वरपर बर्सेनि डुवानको समस्या हुने गर्दछ ।
प्रकाशित मिति : September 25, 2020 at 1:09 pm



