१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना संक्रमित थपिए, ४५७ जना कोरोना जितेर घर फर्किए

८ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ र होम आइसोलशेन ९ हजार ८२३ जना रहेका छन् । कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको छ ।

प्रकाशित मिति : September 24, 2020 at 4:31 pm