चितवनमा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि
८ असोज, काठमाडौँ । चितवनमा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा १४० र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना गरी थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काेराेना संक्रमण पुष्टि हुनेमा चितवनका १२९ जना र अन्य जिल्लाका १४ जना रहेका छन् ।

चितवनमा सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका ७५ जना रहेका छन्। भने भरतपुर महानगरपालिकाका ४५ जना, खैरहनी नगरपालिकाका ४ जना, कालिका २जना र राप्ती नगरपालिकाका २ जना र माडी नगरपालिकाका १ जना रहेका छन् । यसैगरि नवलपरासी पूर्वका ९ जना, तनहुँका १ जना, लमजुङका १ जना, स्याङजाका १ जना, बाराका १ जना र मकवानपुरका १ जना रहेका छन्।



प्रकाशित मिति : September 24, 2020 at 1:32 pm



