१३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026

बिहिबार पनि घट्याे सुनकाे मुल्य, कतिमा हुँदैछ कारोबार ?

८ असाेज, काठमाडाैँ । लगातार दुई दिनदेखि ओरालो लागेको सुनको मूल्य बिहीबार पनि घटेकाे छ । आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेकाे हाे ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकात्मक तस्बिर ।

यसैगरी बिहीबार चाँदीको भाउमा पनि गिरावट आएको छ। यस दिन चाँदी तोलामा ७० रुपैयाँले घटेर प्रतितोला एक हजार १२० रुपैयाँमा किनबेच भइरहेको छ।  पछिल्लो समय डलरको मुल्य बढेसँगै सुनको मूल्यमा गिरावट आएको हो जसको प्रभाव नेपाली सुनचाँदी बजारमा पनि परेको हो ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार १२:००