पछिल्लो २४ घण्टामा ११७२ जना कोरोना संक्रमित थपिए, १८९३ जना कोरोना जितेर घर फर्किए
७ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा ११७२ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार २२८ र होम आइसोलशेन १ हजार १८६ जना रहेका छन् । यस्तै कुल काेराेना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १८९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म काेराेना संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५९ पुगेको छ । नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ ।
प्रकाशित मिति : September 23, 2020 at 4:23 pm



