१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

काेराेना संक्रमणबाट वडाध्यक्ष सूर्यबहादुर थारुको मृत्यु

७ असोज, बाँके । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

फाइल फाेटाे

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताउनुभयो । योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेतका र बर्दियाका गरी कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : September 23, 2020 at 12:49 pm