१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

युनाइटेड इदी मर्दीको आइपिओ आजदेखि निष्काशन

७ असाेज, काठमाडौँ । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाईड्रोपावरले साधारण शेयर (आइपिओ) आजदेखि निष्काशन गरेको छ । कम्पनीले कास्की जिल्लाको आयोजना प्रभावित स्थानिय बासिन्दालाई आइपिओ निष्काशन गरेको हो । कम्पनीले पहिलो चरणमा स्थानीयलाई १०० रुपैयाका दरले ४,२०,०० कित्ता सेयर जारी गरेको छ । भने दास्राे चरणमा सर्वसाधारणलाई गरि प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख ३० हजार कित्ता आइपिओ निष्काशन गर्नेछ।


शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ । सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्राप्त गरेको छ। आइपिओ निष्काशन बन्द छिटोमा असोज २१ र ढिलोमा कात्तिक ०६ गते हुनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार ०९:१५