कोरोना संक्रमणलाई सामान्य नठान्नुः क्याप्टेन लामा
६ असोज, काठमाडाैँ । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन सबैलाई आग्रह गरेका छन्। कोरोना संक्रमण भई स्टार अस्पतालमा उपचाररत क्याप्टेन लामाले एक भिडियो सन्देशमार्फत कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन्।

क्याप्टेन लामाले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै उनले आफू चाँडै निको भएर विदेशमा रहेका नेपालीलाई फर्काउने र राष्ट्रप्रति समर्पित हुने बताएका छन्। रोग जसलाई पनि लाग्न सक्ने भन्दै कोरोना लाग्दैमा नआत्तिन सबैलाई अनुराेध गरेका छन्। उनले आफू स्वस्थ्य हुनुमा अस्पतालका सम्पूर्ण टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यवाद पनि दिएका छन्।
प्रकाशित मिति : September 22, 2020 at 2:23 pm



