तनहुँका १७ सहित गण्डकी प्रदेशमा थपिए ३८ काेराेना संक्रमित
५ असोज, काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थपिए ३८ जना कोरोना संक्रमित । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा १७ जना, बागलुङमा १४ जना, कास्कीमा ४ जना, स्याङ्जामा २ जना र गोरखामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
तनहुँका सबै काेराेना संक्रमित शुक्लागण्डकी नगरपालिकाका हुन् । त्यहाँको वडा नम्बर ५, ६, ८, १० र ११ मा काेराेना संक्रमित भेटिएका । बागलुङमा सबै काेराेना संक्रमित ढोरपाटन नगरपालिका हुन् । ढोरपाटनका काेराेना संक्रमित नेपाल बैंक, हिमाल मेडिकल, भट्टराई इलेक्ट्रोनिक्स, ढोरपाटन नगरपालिका कार्यालय, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि होटल, साइला होटल, सिटी क्लिनिकमा कार्यरत रहेका छन् ।

कास्कीको रुपा गाउँपालिकामा ३ र माछापुच्छ्रे गाउँपालिकामा १ जना काेराेना संक्रमित भेटिएका छन् । त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका– १ मा २ जना र गोरखाको सिरानचोक गाउँपालिका– ६ मा एक जना काेराेना संक्रमित भेटिएका छन् । गोरखाका ती संक्रमित ३३ वर्षका पुरुष हालै भारतबाट आई क्वारेन्टिनमा बसेका थिए।
प्रकाशित मिति : September 21, 2020 at 1:29 pm



