१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

काठमाडौँ उपत्यकामा थपिए ७६७ काेराेना संक्रमित, ६ जनाको मृत्यु

४ असाेज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका काेराेना संक्रमितमध्ये काठमाडौँमा सबैभन्दा धेरै ६०२ जना रहेका छन् भने ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना रहेका छन् ।

यस्तै काठमाडौँ उपत्यकामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौँका ४०, ६० र ६३ वर्षिय महिला तथा ८२ वर्षका पुरुषको मृत्यु भएको छ । भने ललितपुरकी ७५ वर्षीया महिला र भक्तपुरकी ७२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : September 20, 2020 at 4:46 pm