११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

शेयर बजारमा कारोबार शून्य, पूँजीगत लाभकरको बिरोधमा लगानीकर्ता अान्दोलित

२२ जेठ, काठमाडौँ । हकप्रद तथा बोनस शेयरमा पूँजीगत लाभकर बढेपछि लगानीकर्ता विरोधमा उत्रिएका छन् । विरोधका कारण आज शेयर कारोवार प्रभावित भएको छ ।

फाइल तस्बीर ।

लगानीकर्ताको अवरोधपछि शेयर ब्रोकरले कुनै कारोवार नगर्दा नेपाल स्टक एक्स्चेन्जमा कुनै पनि कारोवार हुन सकेन । सरकारले बोनस र हकप्रद शेयरमा ७.५ प्रतिशत पूँजीगत लाभकर लगाएको छ । यो व्यवस्था व्यक्तिगत लगानीकर्ताका लागि हो । यसअघि ५.५ प्रतिशत पूँजीगत लाभकर लाग्दै आएको थियो ।

संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सरकारले लगानीकर्तालाई समस्यामा पार्दै पूँजी बजारलाई सखाप पार्न खोजेको आरोप लगाए ।

लगानीकर्ताले आजै अर्थ मन्त्रालयका अधिकारीसँग छलफल गर्ने भएका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार १८:४०