गण्डकी प्रदेशमा थपिए ४१ काेराेना संक्रमित
२ असोज, पोखरा । गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा र बिपि कोईराला स्मृति क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार ४ जिल्ला कास्कीका २ जना, तनहुँका ४ जना, स्याङ्जाका १ जना र नवलपरासीका ३४ जना रहेका छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३२१ पुगेको छ ।
प्रकाशित मिति : September 18, 2020 at 5:33 pm



