१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

शुक्रबार थपिए अहिलेसम्मकै धेरै २०२० जना काेराेना संक्रमित

२ असाेज, काठमाडाैँ । शुक्रबार अहिलेसम्मकै धेरै २०२० जना काेराेना संक्रमित थपिएएका छन् ।  २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारकाे नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ६१ हजार ५९३ पुगेको उनले बताए ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १७ हजार ३८३ जना रहेका छन । २४ घण्टामा थप ८७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४३ हजार ८२० पुगेको छ । पछिल्लाे २४ घण्टामा काेराेनाबाट ७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेनाबाट नेपालमा ज्यान गुमाउनेकाे संख्या ३९० पुगेकाे छ ।

प्रकाशित मिति : September 18, 2020 at 4:22 pm