१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

लिबर्टी इनर्जीको शेयर नेप्सेमा सूचीकृत, कति छ ओपनिङ रेन्ज ?

२ असाेज, काठमाडाैँ । लिबर्टी इनर्जी कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ। शुक्रबार कम्पनीको १ करोड ५० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो।

लिबर्टीको पहिलो कारोबारको लागि नेप्सेले न्युनतम १०० रुपैयाँदेखि ३०० रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ। त्यस अनुसार आइतबार कम्पनीको शेयर कारोबार हुनेछ। कम्पनीको शेयरलाई नेप्सेले कारोबारको लागि (एलइसि) संकेत दिएको छ। कम्पनीले भदौ ३ देखि ७ गतेसम्म साधारण शेयर निष्काशन गरेको थियो।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १२:२६