१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

सप्तरीमा सामूहिक बलात्कार गर्ने मुख्य २ आरोपी पक्राउ

२ असाेज, काठमाडाैँ । सप्तरी डाक्नेश्वरी–७ की १७ वर्षीया किशोरी संगीता मण्डललाई बलात्कार गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  रञ्जित भनिने १८ वर्षीय सरोजकुमार मण्डल र बब्लु भनिने १९ वर्षीय सुमनकुमार मण्डल रहेका छन्।

उनीहरू संगीता मण्डललाई बलात्कार गर्ने मुख्य आरोपी हुन्। सो घटनामा संलग्न भएका अन्य दुई जना अझै फरार रहेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । दुवै जनालाई सप्तरीको बलान–बिहुल गाउँपालिका–४ बाट पक्राउ गरिएको हो ।

फाइल फाेटाे

घरदेखि पाँच सय मिटर टाढा खेतमा काम गर्न गएकी संगीतामाथि सोमबार सामूहिक बलात्कार भएको थियो। बलात्कार भए पनि न्याय नपाएपछि उनले त्यही दिन राति घरमै आत्महत्या गरेकी थिइन्। पञ्चायती गराउने तीन जनालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो।

बिहीबार राति पक्राउ बलात्कारका मुख्य आरोपी दुईसहित पञ्चायती गराउनेहरू इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासतमा राखिएको छ।

प्रकाशित मिति : September 18, 2020 at 11:31 am