१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

बिहिबार १२४६ जनामा काेराेना संक्रमण पुष्टि, १२४३ जना निकाे भएर घर फर्किए

१ असाेज, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा देशभर थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहिबारकाे नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ५९ हजार ५७३ पुगेको उनले बताए ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १६ हजार २४१ जना रहेको छ । २४ घण्टामा थप १२४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४२ हजार ९४९ पुगेको छ । पछिल्लाे २४ घण्टामा काेराेनाबाट ४ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेनाबाट नेपालमा ज्यान गुमाउनेकाे संख्या ३८३ पुगेकाे छ ।

प्रकाशित मिति : September 17, 2020 at 4:24 pm