१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

महामन्त्री कोइरालाको आइसोलेसनबाट भिडियो सन्देशः म ठिक हुँदै छु चिन्ता लिनु पर्दैन

१ असोज, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्। ओम अस्पतालमा उपचारत कोइरालाले भिडियो सन्देशमार्फत पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरुलाई चिन्तित नहुन आग्रह गरेका छन्। उने आफू अझै २/ ३ दिन अस्पताल बस्ने  बताएका छन्। ‘म कोभिड–१९ बाट प्रभावित भएको व्यक्ति आज ओम नर्सिङ होमकाे आइसोलेसनमा छु। तपाईंहरुले चिन्ता गर्नुपर्दैन। दुई तीन दिन अझै यहाँ बसेर म डिस्चार्ज हुन्छु उनले भने।

कोइरालाको फोक्सोमा निमोनियाको संक्रमण देखा परेको छ। डाक्टर कोइरालालाई क्लिनिकल ट्रायल अर्थात परिक्षणको रुपमा रहेको औषधि रेमडेसिभिर समेत चलाइएको छ। त्यसको डोज पुरा हुन केही दिन त लाग्छ । त्यसैले केही दिन औषधिको डोज पुरा गर्न उहा यहाँ बस्नुपर्ने हुन्छ,’ अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले भने।  कोइरालाकाे स्वास्थमा समस्या आएपछि उपचारको लागि भदौ ३१ गते बिहान ओम अस्पतालमा भर्ना गरिएको थियो। ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा.विश्वनाथ कोइराला नेतृत्वको चिकित्सकीय टोलीले उनको उपचार गरिरहेको छ।

 

 

प्रकाशित मिति : September 17, 2020 at 2:39 pm