प्याजमा कालोबजारी गर्ने कालीमाटी र बल्खुका ७ वटा पसल सिल
३१ भदौ, काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमन गरेका छन् । प्याजको मूल्यमा चर्को कालाबजारी भएको गुनासो उपभोक्ताले गरेपछि आज बिहान छड्के अनुगमन गरिएको मन्त्री भट्टको स्वकीय सचिव हितेश ओझाले बताए ।
मन्त्री भट्टले बल्खुका ७ वटा प्याजको पसलमा मूल्य अनुगमन गरेका हुन् । पसलेहरुले अघिल्लो दिनसम्म ७५ रुपैयाँ बेचिएको प्याज ११० रुपैयाँमा बिक्री गरेकाे पाइएको छ ।

प्याज लुकाएको, बढी मूल्यमा बिक्री गरेको जस्ता कैफियत पाइएपछि ७ वटा पसल सिल गरिएको र आवश्यक कारबाहीका लागि वाणिज्य विभागको जिम्मा लगाइएको छ । यस्तै प्याज लुकाउन प्रयोग भएको एउटा पिक–अप भ्यानलाई नियन्त्रणमा लिइएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : September 16, 2020 at 6:06 pm



