काठमाडौँ उपत्यकामा एकैदिन थपिए ७३७ जना काेराेना संक्रमित
३१ भदाै, काठमाडाैँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा उपत्यकामा थप ७३७ मा काेराेना पुष्टि भएकाे जानकारी दिए । काेराेना संक्रमितमध्ये काठमाडौंँमा मात्रै ६५२ जना रहेका छन् भने भक्तपुरमा २५ र ललितपुरमा ६० जना रहेका छन् ।

पछिल्लाे २४ घण्टामा देशभर थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारकाे नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ५८ हजार ३२५ पुगेको उनले बताए ।
उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १६ हजार २४२ जना रहेको छ । २४ घण्टामा थप १०६८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४१ हजार ७०६ पुगेको छ । पछिल्लाे २४ घण्टामा काेराेनाबाट ८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेनाबाट नेपालमा ज्यान गुमाउनेकाे संख्या ३७९ पुगेकाे छ ।
प्रकाशित मिति : September 16, 2020 at 5:08 pm



