बुधबार १५३९ जनामा काेराेना संक्रमण पुष्टि, १०६८ जना निकाे भएर घर फर्किए
३० भदाै, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा देशभर थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारकाे नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ५८ हजार ३२५ पुगेको उनले बताए ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १६ हजार २४२ जना रहेको छ । २४ घण्टामा थप १०६८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४१ हजार ७०६ पुगेको छ । पछिल्लाे २४ घण्टामा काेराेनाबाट ८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेनाबाट नेपालमा ज्यान गुमाउनेकाे संख्या ३७९ पुगेकाे छ ।
प्रकाशित मिति : September 16, 2020 at 4:26 pm



