१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने व्यापारी बल्खु तरकारी बजारबाट पक्राउ

३१ भदौ, काठमाडौँ । बल्खुबाट प्याजमा कालोबजारी गर्ने एक व्यापारी पक्राउ परेका छन् । बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो ।

बुधबार बिहान काठमाडौँ महानगरपालिकाले बल्खु तरकारी बजार अनुगमन गर्दा उनले प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १२० रूपियाँमा  बेचेको पाइएको थियो । व्यापारीलाई महानगरीय प्रहरी वृत कालिमाटीको जिम्मा लगाइएको अनुगमनमा गएका उपभोक्ताकर्मी बताए ।

फाइल फाेटाे

बल्खुका दुई वटा पसलको २ सय १९ बोरा प्याज सिल गरिएको छ । अन्य व्यापारीलाई भने उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाइ सिफारिस गरिएको छ ।

प्रकाशित मिति : September 16, 2020 at 1:49 pm