१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

स्वास्थ्य बीमा बोर्डको सदस्यमा डा सुरेश तिवारी र चन्द्र थापा नियुक्त

३१ भदाै, काठमाडाैँ । स्वास्थ्य बीमा बोर्डको सदस्यमा डा सुरेश तिवारी र चन्द्र थापा नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै सुर्खेतका तिवारी र प्यूठानका थापालाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त गर्नुभएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुबै सदस्य चार वर्षका लागि नियुक्त हुनुभएको हो । तिवारी विज्ञ सदस्य र थापा बीमितको तर्फबाट सदस्यमा नियुक्त हुनुभएको हो । सदस्यमा नियुक्त हुनुभएका तिवारी र थापाले बुधबार नै पद तथा गोपनियताको सपथ लिनुभएको छ भने टेकुमा रहेको स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

अध्यक्षमा यसअघि नै नियुक्त हुनुभएका डा सेनेन्द्रराज उप्रेतीले पनि बुधबार नै मन्त्री ढकालबाट सपथ लिनुभएको छ । सपथ समारोहमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल, बोर्डको कार्यकारी निर्देशक डा राधिका थपलिया, मन्त्रालयका सहसचिव डा गुणराज लोहनी लगायत सहभागी रहेका थिए ।

प्रकाशित मिति : September 16, 2020 at 12:43 pm