१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

बिहानै काठमाडाैँ आसपासमा भूकम्पको शक्तिशाली धक्का, केन्द्रबिन्दु सिन्धुपाल्चोक

३१ भदाै, काठमाडौँ । बिहानै काठमाडौँ आसपासमा भूकम्पको शक्तिशाली धक्का महशुष भएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महशुष भएको हो । भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ म्यग्निच्यूडको भूकम्प गएको हो ।

काठमाडौँ लगायत आसपासको जिल्लामा पनि भूकम्पको धक्का महशुष भएको छ । मानिसहरू बिहान उठिरहेका समयमा परेका कारण धेरैले धक्का महशुष गरेका छन । भूकम्प पश्चात मानिसहरू घरबाट बाहिर निस्किएका थिए । गोरखा भूकम्पपछि काठमाडौँ आसपास भएर सयौँ परकम्प गएको छ । भूकम्पको धक्का काठमाडाैँसहित नुवाकोट, धादिङ, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, कास्कीसम्म मशुष गरिएको छ । सामाजिक सञ्जालमा व्यक्त भएका प्रतिक्रिया हेर्दा भूकम्पको धक्का ओखलढुंगा, खोटाङ, पाँचथर, ताप्लेजुङ, विराटनगरसम्म महशुष गरिएको छ।

प्रकाशित मिति : September 16, 2020 at 5:30 am