१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

तीन लघुवित्त कम्पनीले आइपिओ निष्काशन गर्दै

३० भदाै,  काठमाडौँ ।  सर्वसाधारणकका लागि प्राथामिक शेयर (आइपिओ ) निष्काशन गर्नका लागी ३ वटा लघुवित्त कम्पनी थपिने भएका छन् । थपिने लघुवित्तहरूमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रुपैयाँ बराबरको प्रति शेयर १ सय रूपैयाँ अंकित मूल्य दरका ३ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो ।

लघुवित्तले आइपिओ निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

यसैगरी, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड २६ लाख रूपैयाँ बराबरको प्रति शेयर १ सय रूपैयाँ अंकित मूल्य दरका १ लाख २६ हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । यस लघुवित्तकाे आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा पनि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भइसकेको छ ।

यस्तै, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड रूपैयाँ बराबरको प्रति शेयर १ सय रूपैयाँ अंकित मूल्य दरका ४ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । यस लघुवित्तकाे आइपिओ निष्कासन तथा बिक्रीको जिम्मा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई दिएको छ । यी तीनै वटा संस्थाहरूले हालसम्म नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा भने निवेदन दिएका छैनन् । सेबोनमा निवेदन दिएर त्यहाँबाट अनुमति पाए पश्चात आइपिओ निष्कासनको प्रकृया अघि बढ्नेछ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार ११:२७