१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

जग्गा कित्ताकाट खुलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च आदेश

२९ भदाै, काठमाडाैँ । सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । अधिवक्ता सन्तोष भण्डारीले सरकारी निर्णय बदर गर्न माग गर्दै दिएको रिटमा सर्वोच्चकी न्यायाधीश सुष्मालता माथेमाको सोमबारको इजलासले असोज ८ गतेसम्म उक्त निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको हो।

२०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णयले प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो । तर भदौ १८ गते फेरि मन्त्रीस्तरको निर्णयले २०७४ साउन २६ गतेको उक्त निर्णय बदर गर्दै कित्ताकाट फकुवा गरेको थियो ।

प्रकाशित मिति : September 14, 2020 at 6:17 pm