१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

कोरोना संक्रमणबाट सिरहामा थप १ जनाको मृत्यु

२९ भदाै, सिरहा । कोरोना सङ्क्रमणबाट सिरहामा आज थप एक महिलाको मृत्यु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर निवासी ३३ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

फाइल फाेटाे

लामो समयदेखि ज्वरो आइरहेका ती महिला जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमै पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रमुख यादवले बताए । योसँगै सिरहामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रकाशित मिति : September 14, 2020 at 5:55 pm